×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज आकाशमै होल्ड

विमानस्थलमा उडान रोकियो, अन्तर्राष्ट्रिय जहाज आकाशमै होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको छ । प्रदर्शनकारीले विमानस्थल क्षेत्र आसपास लागो लगाएपछि सुरक्षाको कारण देखाउँदै उडान रोकिएको हो ।

प्रदर्शनकारीले प्राधिकरणको मुख्य कार्यालय सिनामंगल अगाडी आगो बालेका थिए । आगो विमानस्थल क्षेत्र भित्र समेत पसेसँगै सुरक्षाका कारण विमानस्थल बन्द भएको हो ।

सुरक्षा आश्वस्त नभएसम्म यो अझै बढ्ने विमानस्थल उच्च स्रोतले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकाशमै होल्ड गरिएको छ । आन्तरिक उडान भएका छैनन् ।
 

प्रतिकृया दिनुहोस्