×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा एकजना पक्राउ

लरेन्स विश्नोइको नाममा धम्की दिएको आरोपमा एकजना पक्राउ

काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका हरि प्रसाद फुयाँल छन् । 

उनले भारतमा बसेर नेपालका व्यवसायीलाई फोनमार्फत धम्क्याउने गरेको ब्यूरोका प्रवक्ता (एसपी) होविन्द्र बोगटीले बताए ।

उनलाई नेपाल–भारत सिमानास्थित पानी ट्याङ्कीबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । फुयाँलले दुर्गा प्रसाईँ नेतृत्वको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर धम्की दिने गरेका थिए ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्कीपूर्ण फोन आइरहेको प्रहरीले जनाएको छ । बैंकर र अन्य व्यवसाय गर्नेहरू मध्येका ६ जनाले आफूलाई धम्कीपूर्ण फोन आइरहेको भन्दै प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी गरेका छन् ।

सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ । त्यसरी फोन गर्नेहरूले भन्छन्, ‘म लरेन्स ग्याङबाट हुँ, दुर्गा प्रसाईँले हिन्दु धर्म जोगाउन लडेको हुनाले उहाँलाई आर्थिक सहयोग गर्नुस् ।’

फोन गर्नेहरूले दुर्गा प्रसाईँलाई सहयोग नगरे व्यापारीको विस्तृत विवरण आफूसँग रहेको भन्दै धम्की दिने गरेका छन् । अनुसन्धानमा संलग्न ब्युरोका एक जना अधिकृत भन्छन्,  ‘सुपारी लिएको छु भनेर उनीहरूले धम्की दिने गरेको देखिन्छ ।’ 

प्रतिकृया दिनुहोस्