काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १५०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।