काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाला सुन हिजो बुधबार प्रतितोला एक लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।