काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला ५ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।