×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

तीर्थयात्री सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १७ घाइते

काठमाडौं । भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सुवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडबाट ३५ फुट तल खसेको थियो ।

बसमा ४८ यात्रु थिए । तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।

घाइतेहरुलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ । बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो । उनीहरु मध्यप्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए ।

शनिबार भारत उत्तरप्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको थियो ।
 

प्रतिकृया दिनुहोस्