×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

७ अंक घट्यो सेयर बजार

७ अंक घट्यो सेयर बजार

काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३.६२ अंक बढेको थियो।

आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।

बैंकिङ समूह ०.४० प्रतिशत बढ्यो भने अरु सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशत घट्यो ।

विकास बैंक ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ तथा व्यापार ०.५२ प्रतिशत घटे ।

दोल्ती पावरको ५.४१, भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३, एभरेस्ट कलरको २.८३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै पाल्पा सिमेन्टको ६.५५, स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१, त्रिशूली जलविद्युतको ३.२४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, स्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्