×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग

संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनका लागि दाबी आह्वान गर्न जसपाको माग

जनकपुरधाम । जसपा नेपालले मधेशमा संविधानको धारा १६८ को ३ बमोजिम सरकारको दाबी पेशको लागि आह्वान गर्न दबाब दिन जान लागेका छन् ।

तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधानको धारा १६८ को २ बमोजिम दावी पेशको लागि समय थप गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् ।

प्रदेश प्रमुखले गत कार्तिक २८ गते नै संविधानको धारा १६८ को २ बमोजिम दुई वा दुईदलबभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न आज अपराहन्न ४ बजेको लागि समय दिएको थियो । तर दाबी पेश हुन सकेन ।

कांग्रेस पनि एमाले र नेकपासँगै प्रदेश प्रमुख कार्यालय पुगेपछि ठूलो दल जसपा सशंकित बनेको छ । जसपाले उपधारा २ बमोजिम प्रदेश प्रमुखले आह्वान गरिसकेकाले त्यसमा सरकार गठन नभएको कारण अब उपधारा ३ मा जानुपर्ने माग गरेको छ ।

उपधारा ३ मा ठूलो दलको हैसियतमा त्यस दलको नेता मुख्यमन्त्री हुने प्रावधान छ ।

प्रतिकृया दिनुहोस्