×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

फेरि बढ्यो सार्वजनिक यातायात भाडा

काठमाडौं । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्