×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारको अंक २६ सयमुनि झरेको छ ।

अघिल्लो कारोबार दिन २६०९ अंकमा रहेको नेप्से यस दिन ३३.०८ अंक घटेर २५७६ अंकमा झरेको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४७ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६७ करोडको भयो ।

जम्मा २८ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटेका छन् । अन्य समूह जम्मा ०।०६ प्रतिशत बढ्यो ।

बैंकिङ ०.९२, विकास बैंक २.७७, फाइनान्स ५.१९, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन १.५१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा ०.९५ र व्यापार २.९७ प्रतिशत घटे ।

नाडेप लघुवित्त र उपकार लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । निफ्राको ३.३२, रसुवागढी हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य बढ्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत घटेको छ।

सपोर्ट माइक्रोफाइनान्स, जानाकी फाइनान्स, पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो । गुहेश्वरी फाइनान्सको ९.३, बोटलर्स नेपाल तराईको ९.२५, मल्टिपर्पस फाइनान्सको ७.८, सेन्ट्रल फाइनान्सको ७.२२ तथा गुराँस लघुवित्तको ६.९ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा प्रभु बैंक, नेपाल फाइनान्स, जानाकी फाइनान्स, एनएलजी इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्