×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।

ऐतिहासिक पदक जितेको खुसीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए ।

एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए । साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो । उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

प्रतिकृया दिनुहोस्