काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा किर्तिमान कायम भएको छ । आज छापावाला सुन तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।