काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा २४०० रुपैयाँ घटेर प्रतितोला तिन लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।