×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

५.०६ अंकले घट्यो सेयर बजार

५.०६ अंकले घट्यो सेयर बजार

काठमाडौं । बिहीबार सेयर बजार २७०० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ५.०६ अंक घटेको हो ।

अघिल्लो दिन नेप्से जम्मा ०.०८ अंक बढेको थियो । बजारको उतारचढाव सामान्य रह्यो । दिनभर नेप्से परिसूचक अधिकतम २७०९ र न्यूनतम २६९३ बीचमा सीमिति रह्यो ।
बिहीबार कारोबार रकम घटेको छ । अघिल्लो दिन ३ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४१ करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने १४ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०२, फाइनान्स ०.२०, माइक्रोफाइनान्स ०.०४ तथा व्यापार ०.३१ प्रतिशत बढे ।

विकास बैंक ०.५६, होटल तथा पर्यटन ०.४४, जलविद्युत् ०.१२, लगानी ०.६२, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बीमा ०.३० तथा अन्य ०.८६ प्रतिशत घटे ।

दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि सोपानको मूल्य प्रतिकित्ता ९२९.७० रुपैयाँ तथा एपोलोको ७९६.६० रुपैयाँ पुगेको छ ।

त्यस्तै आत्मनिर्भर लघुवित्तको १२.५३, बुंगल हाइड्रोपावरको ८.५६, भुजुङ हाइड्रोको ६.३० प्रतिशत मूल्य बढ्यो । आँखुखोला जलविद्युतको ४.०१, दोल्ती पावरको ३.२०, सीईडीबी होल्डिङ्सको ३.०७ प्रतिशत मूल्य घट्यो ।आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्स, बुंगल हाइड्रो र सिद्धार्थ बैंक छन् ।

प्रतिकृया दिनुहोस्