×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

काठमाडौं । उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

त्यस्तै ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।

यस पहल अन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीन वटै महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजता एकीकृत रूपमा परिचालन गरिने निगमले जनाएको छ ।

आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आयात, भण्डारण र वितरणबीचको प्रभावकारी समन्वयले बजार व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने खालका गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्