काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३४ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ सय ३५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।