×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२ अंकले घटेर बन्द भयो सेयर बजार

२ अंकले घटेर बन्द भयो सेयर बजार

काठमाडौं । लगातार पाँचौ कारोबार दिन शुक्रबार सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २ अंक घटेको हो । यसअघि हिजो ८.५० अंक घटेको थियो । सो अंकको कमीपछि नेप्से २६४९ अंकमा कायम भएको छ ।

त्यस्तै एक महिनाको अवधिमा नेप्से १३७ अंक घटेको छ । जेठ ११ गते नेप्से २७८६ अंकमा थियो । कारोबार रकम बढेको छ । अघिल्लो दिन २ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९४ करोडको भयो । ८५ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने २० को स्थिर रह्यो ।

होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०६, निर्जीवन बीमा ०.५४ तथा व्यापार १.०८ प्रतिशत बढे । बैंकिङ ०.०६, विकास बैंक ०.२७, फाइनान्स ०.३१, लगानी ०.५८, जीवन बीमा ०.०५, उत्पादन तथा प्रशोधन ०.३८, माइक्रोफाइनान्स ०.५६ तथा अन्य ०.०८ प्रतिशत घटे ।

हालै सूचीकृत भएका ३ नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । स्नो रिभर फल्स, टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि स्नो रिभरको मूल्य ३४३.५० रुपैयाँ पुगेको छ । त्यस्तै टक्सार पिखुवाखोला र याम्बलिङको मूल्य ६०३.२० रुपैयाँ पुगेको छ ।

कालिका लघुवित्तको मूल्य सबैभन्दा धेरै १०.७६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको ९.४५ तथा सोपान फर्मास्युटिकल्सको ४.०५ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स, सोपान फर्मायुटिकल्स तथा सप्तकोशी विकास बैंक छन्।

प्रतिकृया दिनुहोस्