×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२४.५० अंकले बढ्यो नेप्से परिसूचक

२४.५० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।

कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ८ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४० करोडको भयो । १७७ कम्पनीको मूल्य बढ्दा ६० को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै ४.०७ प्रतिशत बढेको छ । बैंकिङ ०.२२, फाइनान्स १.८८, होटल तथा पर्यटन ०.६८, हाइड्रोपावर १.४९, लगानी १, जीवन बीमा ०.०८, उत्पादन १.२३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.२८, अन्य १.७४ र व्यापार ०.२४ प्रतिशत बढे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानाकी फाइनान्स, न्यादी हाइड्रोपावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै सिन्धु विकास बैंककको ९.४७, मितेरीको ८.८३, ग्रीन ८.१९ र एक्सल डेभलपमेन्ट बैंकको ७.६३ प्रतिशत मूल्य बढ्यो ।

दोल्ती पावरको ८.४३, सप्तकोशी विकास बैंकको .तथा भूगोल इनर्जीको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्