×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्षले गरिन सरकारी गाडी तोडफोड

घरमा लिन नआएको भन्दै गाउँपालिका उपाध्यक्षले गरिन सरकारी गाडी तोडफोड

काठमाडौं । सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफूलाई घरमा लिन नआएको भन्दै आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन् । 

उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन् ।  

उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।   

उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए ।  

आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेर राखेको गाडी तोडफोड गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए ।   उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ ।  तर, आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ । 

प्रतिकृया दिनुहोस्