×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

छुरा प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

छुरा प्रहार गरी युवकको हत्या, एकजना पक्राउ

काठमाडौं । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौरनगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा छुरा प्रहार गरी अन्दाजी २२ वर्षीय युवकको हत्या भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो २:४० बजे रौतहटको यमुनामाइ गाउँपालिका-५ का २२ वर्षीय सहाबुद्दीन मियामाथि छुरा प्रहार भएको हो । गम्भीर घाइते अवस्थामा युवकलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाने क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले बताए ।

घटना स्थलबाट छुरा प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालिका-३ का युवक मनोज राम रहेका छन् ।

पक्राउ परेका उनीमाथि कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिकृया दिनुहोस्