×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्‍ने ठाउँमा कप्र ००१ ज५६ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए ।

दुर्घटनामा  घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्