काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।