×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक

बीपी राजमार्गमा भदौ मसान्तसम्म राति सवारी साधन चलाउन रोक

काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । आइतबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्मै राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

गत वर्षको वर्षातले बनाएको क्षतबिक्षत विपी राजमार्गमा, कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राती सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म रोक लगाउनले निर्णय भएको हो ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

प्रतिकृया दिनुहोस्