काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा फेरी नयाँ रेकर्ड कायम भएको छ । आज छापावा सुन तोलामा १७०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ४ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।