×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकको प्रदर्शन

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकको प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौमा र्‍याली निकालेका छन् । शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुने महासंघले जनाएको छ ।

नयाँ चरणको आन्दोलनका लागि देशभरिका शिक्षकहरू बुधबार काठमाडौ आएका हुन् । महासंघ सहअध्यक्ष एवं आन्दोलन परिचालन समितिको संयोजक नानुमाया पराजुलीका अनुसार र्‍यालीमा डेढ लाख शिक्षक कर्मचारी सहभागी हुनेछन् ।

‘शिक्षकहरू काठमाडौ भित्रनु भएको छ । आज डेढ लाख शिक्षक कर्मचारीको र्‍याली निस्कन्छ,’ उनले भनिन्, ‘भोलि शिक्षक कर्मचारी थप थपिनु हुन्छ ।’

आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको उनले बताइन् । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ । अनुशासित र मर्यादित बनाउन ८ सय स्वयंसेवक परिचालन गरेका छौ । प्रदेश प्रदेशबाट पनि १००/१०० जना परिचालन गरिएको छ,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्