×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

आहारारा पोखरा गोल्डकप : मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा

आहारारा पोखरा गोल्डकप : मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा

काठमाडौँ । पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा टाइब्रेकरमा ४(२  गोलान्तरले  हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा थ्रीस्टारले बाजी  मार्‍यो ।

मछिन्द्र प्रिक्वाटरफाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । यसपटक पनि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
 

प्रतिकृया दिनुहोस्