×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

महिनावारी बार्न भन्दै त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

महिनावारी बार्न भन्दै त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु

कैलाली । अछाममा रजस्वलाको बेला त्रिपाल मुनि सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निमा खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।

पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै जना महिला त्रिपालमुनि सुतेका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमाको माया लागेको भन्दै सँगै सुतेकी थिइन् । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्