×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बाजुराको बाम्का बजारमा भीषण आगलागी

बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठडमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भीषण आगलागी भएको छ । बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।

अहिलेसम्म १६/१७ वटा पसल जलिसकेका छन् । आगलागी निभाउने कार्य जारी छ । प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी निरीक्षाक देव बहादुर चौधरीको कमाण्डमा ३२ जना प्रहरी सो क्षेत्रमा खटिएको जनाइएको छ । आगलागीबाट बजार क्षत्रेमा ठूलो क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।

प्रतिकृया दिनुहोस्