×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

माटोको ढिस्को खस्दा पुरिएर सर्लाहीमा ३ बालबालिकासहित ४ को मृत्यु

जनकपुरधाम। सर्लाही हरिपुर्वा नगरपालिका-१ हर्दी नदीमा माटोको ढिस्को खस्दा पुरिएर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई बालबालिका छन्।

महोत्तरी सोनमा गाउँपालिका-६ मगरथाना  बस्ने बेधु मंसुरकी ६५ वर्षीया श्रीमती सायदा खातुन, ६ वर्षकी सविवा खातुन, अल्लाउदिन मंसुरका ८ वर्षीय छोरा डिल्लु मंसुर र नसरुल शेखकी ९ वर्षकी छोरी नर्गिस खातुन छन्।

दशैंका लागि घर लिपपोत गर्ने माटो खन्ने क्रममा ढिस्को खसेको हो। आज बिहान ९:२० बजे ढिस्को खस्दा चारैजना पुरिएका थिए। घाइतेहरुलाई निकाली प्रादेशिक अस्पताल मलंगवा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिकृया दिनुहोस्