×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा

रामेछापमा आज साँझ ६ बजेसम्म निषेधाज्ञा

काठमाडौं । रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ  । जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शुक्रबार दिनभर निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार लागू भएको निषेधाज्ञाअनुसार जिल्लाभर प्रदर्शन, जुलुस, हुलदंगा, घेराउ वा पाँचजनाभन्दा बढी व्यक्तिहरू भेला भएर विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

यसअघि बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म जिल्लाका केही क्षेत्रलाई लक्षित गरेर निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी थापाले प्रशासन कार्यालयबाट जारी सूचनाको पालना गरी शान्ति सुव्यवस्था कायम राखिदिन सबैलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्