×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

नथिङ फोनको नयाँ वर्ष अफर, स्मार्टफोन किन्दा हेडफोनदेखि स्मार्टवाचसम्म उपहार

नथिङ फोनको नयाँ वर्ष अफर, स्मार्टफोन किन्दा हेडफोनदेखि स्मार्टवाचसम्म उपहार

काठमाडौँ । नथिङ फोनले नयाँ वर्ष २०२६ को अवसरमा नेपाली उपभोक्तालाई लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ । आज १ जनवरीदेखि १० जनवरीसम्म सञ्चालन हुने योजना अन्तर्गत ग्राहकले नथिङका विभिन्न मोडेलका स्मार्टफोन खरिदमा हेडफोनदेखि स्मार्टवाचसम्म उपहार पाउन सक्नेछन् ।

कम्पनीको विज्ञप्तिमा उल्लेख भए अनुसार ‘नथिङ फोन थ्री’ को खरिदमा ‘सीएमएफ हेडफोन प्रो’ र ‘नथिङ थ्री ए प्रो’ को खरिदमा ‘सीएमएफ वाच थ्री प्रो’ उपहार स्वरूप पाइनेछ ।

त्यसैगरी, ‘नथिङ थ्री ए’ र ‘थ्री ए लाइट’ मोडल खरिद गर्ने ग्राहकले ‘सीएमएफ बड्स टु’ प्राप्त गर्नेछन् भने ‘नथिङ फोन टू प्रो’ खरिद गर्दा १०० वाटको ‘जीएन (GaN) चार्जर’ उपहार पाइनेछ ।

यो अफर फोन खरिद गरी उपहारका लागि अनलाइन फारम भर्ने पहिलो १०० जना ग्राहकका लागि मात्र लागु हुने कम्पनीले स्पष्ट पारेको छ । उपहार दाबी गर्नका लागि ग्राहकले सीजी मोबाइल्सका आधिकारिक बिक्रेताहरूबाट फोन खरिद गरेको हुनुपर्नेछ ।

फोन खरिद गरेपछि कम्पनीले उपलब्ध गराएको यस लिङ्कमा गई ग्राहकले आवश्यक विवरणहरू भर्नुपर्नेछ । फारम भर्दा फोन खरिद गरिएको स्टोरको नाम, भ्याट बिलको विवरण र मोबाइलको आईएमईआई नम्बर उल्लेख गर्नुपर्नेछ । अनलाइन प्रक्रिया पूरा गरेपछि ग्राहकले आफ्नो खरिद बिल र नागरिकताको प्रतिलिपि पेस गरेर उपहार प्राप्त गर्न सक्नेछन् ।

नेपाली बजारमा गत वर्ष नथिङ फोनको बिक्रीमा ३५० प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्