×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

नेपाल प्रहरीका ७९ जना इन्स्पेक्टर दीक्षित

नेपाल प्रहरीका ७९ जना इन्स्पेक्टर दीक्षित

काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।

उक्त समारोहमा ७९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टकर) दीक्षित भएका छन् । दीक्षित समारोहमा प्रधानमन्त्री बालेन शाह समेत सहभागी भएका थिए ।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।
प्रधानमन्त्री शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस्