×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जमलमा तीन वटा सवारी आपसमा ठोक्किए

जमलमा तीन वटा सवारी आपसमा ठोक्किए

काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलबार केहीबेर अघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनामा परेर एक जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको एसपी भट्टराईले बताए ।

‘तीनवटा सवारी एक आपसमा ठोक्किएर केहीबेर अघि दुर्घटना भएको थियो,’ एसपी भट्टराईले भने, ‘मोटरसाइकलमा आगलागी भएको थियो । अहिले नियन्त्रणमा आइसकेको छ ।’


प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ ।
 

प्रतिकृया दिनुहोस्