×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बैतडीमा गोली हानेर युवकको हत्या

बैतडीमा गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताए ।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्