×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्यो

सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घटे पनि लामो समयपछि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । फाइनान्स सबैभन्दा धेरै १.४० प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.४२ प्रतिशत बढ्यो ।

यी दुईबाहेक सबै सेक्टर घटेका छन् । अघिल्लो दिनसम्म आकर्षणमा रहेको लगानी सेक्टर भने आज सबैभन्दा धेरै २.१४ प्रतिशत घट्यो । बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घटे ।
दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७, मानुषी लघुवित्तको ५.७९ प्रतिशत मूल्य बढ्यो ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.४५ प्रतिशत घट्यो । युनिभर्सल पावरको ४.८०, त्रिशुली जलविद्युतको ४.७९ प्रतिशत घट्यो ।

धेरै रकमको कारोबार भएका कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, एचआईडीसीएल प्रमोटर र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्