काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २४ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।