×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला

बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।

नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं। ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।

प्रतिकृया दिनुहोस्