×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

काठमाडौँ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।  बुधवार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो ।

‘बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको छ,’ एक प्रत्यक्षदर्शीले बताए ।

अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना जना प्रहरीको टोली गइरहेको  जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए । 

दुर्घटनामा १९ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको उनले बताए । 

प्रतिकृया दिनुहोस्