×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रदेश

२३५ किलो गाँजासहित गाडी नियन्त्रणमा

२३५ किलो गाँजासहित गाडी नियन्त्रणमा

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको हो ।

बोर्डर आउट पोष्ट (बिओपी) लौकही र सुरक्षा बेस भुटाहाको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा गाडी फसेको थियो । त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यसअघि सशस्त्र प्रहरी बलले २५ भदौमा सुनसरीकै बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ केजी गाँजा बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस्