काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ । नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरू क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो ।
यस्ता पोस्टहरू विभिन्न व्यक्तिहरूलाई म्यासेन्जरमा आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ । केही दिन बाट नेपाल टेलिकमको लोगो राखेर बनाएको क्रिसमस गिफ्ट जस्ता पोस्टहरु म्यासेन्जरमा आइरहेको छ । त्यसमा क्लिक गर्दा अटोमेटिक अरु साथीलाई म्यासेज जाने गिफ्टका लागी पैसा माग्ने जस्ता कार्य भैरहेका छन ।