काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।