×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

उच्च अदालत पाटन परिसरमा आत्मह*त्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

उच्च अदालत पाटन परिसरमा आत्मह*त्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्मह*त्या प्रयास गरेकी युवतीको उपचार जारी रहेको छ । प्रहरी स्रोतकाअनुसार ती युवतीको अहिले पनि पाटन अस्तापलको आईसीयूमा उपचार जारी रहेको छ ।

करिब ३० वर्षीया युवतीले बिहीबार आत्मह*त्याको प्रयास गरेकी थिइन् । प्रहरीले उद्धार गरेर उनलाई पाटन अस्पतालमा उपचारका लागि पठाएको थियो । अहिले पनि उनको उपचार जारी रहेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयमा कार्यरत अधिकृत प्रमोद मैनाली प्रतिवादी भएको मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनले आत्महत्याको प्रयास गरेको स्रोतले बताएको छ ।

अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् ।

यसअघि काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि ती युवती पाटन पुगेकी थिइन् । पाटनले पनि धरौटीमा छाड्न आदेश दिएपछि उनले आत्मह*त्या प्रयास गरेकी हुन् ।
 

प्रतिकृया दिनुहोस्