×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

इरान युद्धमा अहिलेसम्म ७ अमेरिकी सेनाको मृत्यु, १४० घाइते

इरान युद्धमा अहिलेसम्म ७ अमेरिकी सेनाको मृत्यु, १४० घाइते

काठमाडौँ । इरानसँग सुरु भएको युद्धपछि अहिलेसम्म करिब १४० जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन प्रवक्ता शोन पार्नेलका अनुसार फेब्रुअरी २८ मा युद्ध सुरु भएयता विभिन्न आक्रमण र सैन्य कारबाहीका क्रममा अमेरिकी सैनिकहरू घाइते भएका हुन् । उनले जारी गरेको वक्तव्यमा अधिकांश सैनिकलाई सामान्य चोट लागेको र १०८ जना सैनिक उपचारपछि पुनः ड्युटीमा फर्किसकेको उल्लेख गरिएको छ ।

पार्नेलका अनुसार आठ जना सैनिक भने गम्भीर रूपमा घाइते भएका छन् । उनीहरूलाई राम्रो उपचारको व्यवस्था गरेर विशेष निगरानीमा राखिएको जनाइएको छ । त्यस्तै अहिलेसम्म ७ अमेरिकी सेनाले ज्यान गुमाएका छन् । 

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव जारी रहेको छ । त्यसयता विभिन्न स्थानमा लगातार सैन्य कारबाही र प्रतिआक्रमण भइरहेका छन्, जसका कारण क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्