×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

३८ लाखमै नामी भिगो ईभीः १८ मिनेटमै ५०५ चार्ज

३८ लाखमै नामी भिगो ईभीः १८ मिनेटमै ५०५ चार्ज

काठमाडौँ । नामीले राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२५ का क्रममा आफ्नो नयाँ ईभी नामी भिगो औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले नामी ०१ को सफलतापछि यो कम्प्याक्ट इलेक्ट्रिक एसयूभी बजारमा ल्याएको हो ।

प्रिमियम सुविधा, अत्याधुनिक प्रविधि र किफायती मूल्यको संयोजनको रूपमा प्रस्तुत गरिएको नामी भिगो स्टाइल, व्यावहारिकता र विद्युतीय दक्षताको उत्तम सम्मिश्रण भएको कम्पनीको भनाई छ । यो कार आधुनिक सहरी जीवनशैलीको लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको छ । यो ई २ (E2) र ई २ प्लस (E2+) गरी दुई भेरियन्टमा उपलब्ध यो ईभीलाई उत्कृष्ट भ्यालु प्रदान गर्नका लागि विशेष रूपमा तयार पारिएको दाबी गरिएको छ ।

कम्पनीका अनुसार नामी भिगो सेग्मेन्ट फर्स्ट फिचरहरूका साथमा आएको छ । जसले आराम र सुविधा दुवैलाई नयाँ स्तरमा पुर्‍याएको छ । यसमा मौलिक 'हेभन एण्ड अर्थ' टेलगेटका साथै ग्राहकको प्राथमिकता अनुसार समायोजन हुने वेलकम र मेमोरी सिट समेत समावेश छ । डोर प्यानलमा म्युजिक सिङ्क गरिएको एम्बियन्ट लाइटिङ छ । जसले प्रत्येक यात्रालाई आधुनिक र रमाइलो बनाउँछ ।

चार्जिङको लागि यसले थ्रिसी (3C) फास्टचार्जिङ (१६७ DC) सपोर्ट गर्छ । जसले ३०% बाट ८०% चार्ज गर्न जम्मा १८ मिनेट मात्र लगाउने बताइएको छ । हरेक यात्रालाई रमाइलो बनाउन र आउट डुअर फनका लागि यसमा एक्स्टेरियर स्पिकरको सुविधा पनि उपलब्ध छ ।

त्यस्तै नामी ०६ ले प्रविधि र लक्जरीमा पनि उत्कृष्ट सेग्मेन्ट फर्स्ट सुविधाहरू प्रस्तुत गर्छ । यसमा लेभल २ एडास, वायरलेस चार्जिङ, वाई-फाई कनेक्टिभिटी र ड्राइभर साइडमा हिटेड र भेन्टिलेटेड सिट छ । कारले तपाईँलाई वेलकम साउण्डको साथमा स्वागत गर्छ र आर १८ टायर, अटोमेटिक हाई/लो बिम हेड लाइट र हेडलाइट डिले–अफ फिचरहरूले सहज यात्रा सुनिश्चित गर्छ ।

यसमा इन्टेलिजेन्ट एसी प्रणाली पनि छ । जसमा एनअभी, रेस्ट, स्नो जस्ता मोड र कार तथा मोबाइल सञ्चालनका लागि भ्वाइस कन्ट्रोल उपलब्ध छन् । अडाप्टिभ क्रुज कन्ट्रोल र ३५ भन्दा बढी इन्टेलिजेन्ट युटिलिटी स्पेससहित नामी भिगो स्मार्ट सुरक्षित र आरामदायी यात्रा सुनिश्चित गर्न डिजाइन गरिएको हो ।

नामी भिगोको डिजाइन आकर्षक छ । जसमा म्याजिक क्युब एक्सटेरियर, T-आकारका एलईडी हेड लाइट, ट्राइङ्गुलर पिक्सेल टेल लाइट र डुअल–टोन १८ इन्च रिम्स छन् । इन्टेरियर पनि उत्कृष्ट छ । जसमा मिनिमलिस्ट र स्मार्ट क्याबिन, १२.८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ८.८ इन्च डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, लाई-फ्ल्याट सिटिङ, वायरलेस चार्जिङ, एउटा मुनरुफ (E2+) र एउटा 360° क्यामरा समावेश छन् ।

नामी भिगो ई २ भेरियन्टको लन्च मूल्य ३८ लाख ९९ हजार र ई २ प्लस भेरियन्टको लागि ४१ लाख ९९ हजार रुपैयाँ राखिएको छ । नाडा अटोशोका लागि विशेष अफरमा नामीले विशेष लन्च मूल्य प्रदान गरेको हो । शो अवधिमा नामी भिगो ई २ भेरियन्ट ३७ लाख ९९ हजार र ई २ प्लस भेरियन्ट ४० लाख ९९ हजारमा उपलब्ध हुनेछ ।

प्रतिकृया दिनुहोस्