काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँमा बढेर प्रतितोला एक लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।