×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

चक्रपथभित्रको निषेधाज्ञा हट्यो

चक्रपथभित्रको निषेधाज्ञा हट्यो

काठमाडौं । काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ । राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो ।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्