काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा २२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।