×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन

नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।

मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।

झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय  मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले  जानकारी दिए ।

ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।

प्रतिकृया दिनुहोस्