काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १५ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला एक लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार एक सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।