×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

टोखामा दुई मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । टोखा नगरपालिका–१ फूलबारी गेट अगाडि दुई मोटरसाइकल आपासमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भइ टोखा–३ भुतखेल बस्ने १८ वर्षीय रिवाज आचार्य छन् । फूलबारी गेट अगाडि सडकमा बागमती प्रदेश –०२–०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकल शनिबार दिउँसो आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मृत्यु हुने आचार्य बागमती प्रदेश–०२–०५३ प ६३७८ नम्बरको मोटरसाइकलका चालक रहेको प्रहरीले बताएको छ । उपचारको क्रममा उनको ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । अर्का मोटरसाइकलका चालकको भने ग्राण्डी अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्